११ पुष २०७८, आईतवार   110 पटक हेरिएको


image

पालिका एक्सप्रेस, महुली लघुवित्त वित्तीय संस्थाको ९ औ वार्षिक साधारण सभा पुस २४ गते संस्थाको केन्द्रिय कार्यालय सप्तरीमा बिहान ११ बजे देखि सुरू हुने जनाएको छ ।

महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले  बार्षिक साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि पुस १२ गते १ दिन बुक क्लोज गर्ने निर्णय गरेको छ ।

त्यसकारण  आज पुस ११ गते सम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।  

सभामा संस्थाको कार्तिक १३ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको बोनस सेयर २६ प्रतिशत वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । 





सम्बन्धित समाचार