१० पुष २०७८, शनिबार   125 पटक हेरिएको


image

पालिका एक्सप्रेस, सिभिल बैंक लिमिटेडले वार्षिक साधारण सभाको आह्वान गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित लाभांश पारित गर्न पुस ३० गते बिहान ११ बजे काठमाण्डौमा ११ औं बार्षिक साधारण सभा बोलाएको हो ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र नगद लाभांश ०.२६ प्रतिशत (कर प्रयोजनको लागि) वितरण गर्ने पारित गर्नेछ ।

यस्तैगरी सोहि सभाले अन्य बैंक तथा वित्तीय संस्थाहरुसँग एक आपसमा गाभ्ने/गाभिने वा प्राप्ति गर्ने सम्बन्धमा सम्पुर्ण कार्यको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ ।

बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ ।बैंकले बार्षिक साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि पुस २० गते बुक क्लोज गर्ने जनाएको छ ।

त्यसकारण पुस १९ गते सम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले मात्रै सभामा भाग लिन र प्रस्तावित  लाभांश प्राप्त गर्न सक्नेछन ।





सम्बन्धित समाचार