९ पुष २०७८, शुक्रबार   370 पटक हेरिएको


image

पालिका एक्सप्रेस,बज्र एण्ड बज्राचार्य इन्टरप्राइजेज प्रा. लि. (बज्र ग्रुप) ले, ललितपुर स्थित ढोलाहिटीमा सोमानी ब्राण्डका सम्पूर्ण सामाग्रीहरु बिक्री वितरण गर्ने उधेश्यले, “सोमानी ग्रान्ड़े”शोरुम खोलेको छ ।

सोमानी सेरामिक्सकाप्रमुखकार्यकारी अधिकृत श्री अभिषेक सोमानीद्वारा एक समारोह बीचउक्तशोरुमको समुद्घघाटन गरियो । सोमानी सिरामिक्स भारतको सेरामिक्स उद्योगमा अग्रणीमा पर्दछ।

उद्योगमाअग्रगामी र सबैका लागि पछ्याउनको लागि उच्च मापदण्ड तय गर्दै कम्पनीले सोमानी ग्रान्डे आउटलेट लन्च गरेर नेपालमा बज्र एण्ड बज्राचार्य इन्टरप्राइजेज प्रा. लि. (बज्र ग्रुप) मार्फत आफ्नो पदचिह्नविस्तार गर्दैछ ।

विगत ३० वर्षदेखि, आफ्नो ग्राहकहरुलाई सुपथ मूल्यमा बाथरुमका सामान, टायल्स र सेनिटरी सामानहरु उपलब्ध गराउदै आएको बज्र एण्ड बज्राचार्य इन्टरप्राइजेज प्रा. लि. (बज्रग्रुप) ले “सोमानी ग्रान्ड़े”शोरुम उद्घाटनको अवसरमा सामानको खरिदमा गिफ्ट भौचर राखेको छ । 

स्थापनाकाल देखि आजको दिन सम्म थुप्रै परियोजनाहरुमा नियमित रुपमा सामाग्रीहरुको बिक्री वितरण गर्र्दै आएको यस कम्पनी, ग्राहकहरुको माया र सन्तुष्टिले आजयहाँ सम्म आइपुग्न र नयाँ शोरुमको थालनी गर्न सफल भएको कम्पनीले जनाएको छ ।





सम्बन्धित समाचार