९ पुष २०७८, शुक्रबार   205 पटक हेरिएको


image

पालिका एक्सप्रेस, लाईफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेडले लाभांश घोषणा  गरेको छ ।कम्पनीको पुस ८ गते बसेको सञ्चालक समितिको ११४ औ  बैठकले आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट कम्पनीको शेयरधनीहरूलाई चुक्ता पुँजीको बोनस सेयर २० प्रतिशत र नगद लाभांश १.०५२६ प्रतिशत (कर प्रयोजनका लागि) गरी कूल २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । 

साथै वासलात मितिमा कायम रहेको चुक्ता पुँजीको आधारमा प्रस्तावित लाभांश २३.१५७८९४७२६ % हुने र सो मध्ये २२ % बोनस सेयर र १.१५७८९४७२६ % नगद लाभांश हुने कम्पनीले जनाएको छ । 

उक्त प्रस्तावित लाभांश श्री बीमा समिति र कम्पनीको  आगामी १९ औ वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण गरिनेछ । 





सम्बन्धित समाचार