९ पुष २०७८, शुक्रबार   98 पटक हेरिएको


image

पालिका एक्सप्रेस, शृजनशील लघुबित्त बित्तीय संस्थाले साधारण शेयर जारी गर्ने भएको छ ।यस कम्पनीले ३ लाख ३७ हजार २५ कित्ता आईपीओ जारी गर्ने भएको छ ।

यस लघुबित्त कम्पनीले रुपैया १०० अंकित दरमा ३ लाख ३७ हजार २५ कित्ता शेयरको ३ करोड़ ३७ लाख २ हजार ५ सय रुपैया बराबरको शेयर जारी गर्ने भएको छ ।

कम्पनीले शेयर जारी तथा निष्काशनको लागि सनराईज क्यापिटललाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिएको जनाएको छ ।

लघुबित्तका प्रमुख कार्यकारी अधिकृत बटुक शमशेर श्रेष्ठ तथा क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी  अधिकृत बिजयलाल श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन ।





सम्बन्धित समाचार