९ पुष २०७८, शुक्रबार   254 पटक हेरिएको


image

पालिका एक्सप्रेस,नबिल बैंक लिमिटेडले  बार्षिक साधारण सभाको आह्वान गरेको छ । बैंकको पौष ८ गते बसेको संचालक समितिको बैठकले गरेको निर्णय अनुसार उक्त सभा पुस ३० गते बैंकको केन्द्रिय कार्यालय काठमौडौमा बिहान ९:३० बजेबाट शुरु हुने जनाएको छ ।

सभाले सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजीको बोनस सेयर ३३.६० प्रतिशत र नगद लाभांश ४.४० प्रतिशत (कर प्रयोजनका लागि गरि) कुल ३८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने छ ।

साथै, सोही सभाले आर्थिक वर्ष २०७७/०७८ संचालक समितिको प्रतिवेदन, लेखापरीक्षक प्रतिवेदन,वासलात, एकीकृत आयव्यय हिसाब, नाफा नोक्सान हिसाब नगद प्रवाह विवरण, लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने लगायतका विविध प्रस्ताबहरुमाथि छलफल गरि पारित गरिनेछ ।

बैंकले बार्षिक साधारण सभा र प्रस्ताबित लाभांश वितरण प्रयोजनको लागि पुस १६ गते १ दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।

त्यसकारण पुस १५ गते सम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले मात्र साधारण सभा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।





सम्बन्धित समाचार