८ पुष २०७८, बिहीबार   407 पटक हेरिएको


image

पालिका एक्सप्रेस,बरुण हाइड्रोपावर कम्पनीले बार्षिक साधारण सभाको आहवान गरेको छ ।सभा  पुस २९ गते कम्पनीको रजिष्टर्ड कार्यालय अनामनगर, काठमाडौंमा बिहान १० बजेबाट  शुरु हुने भएको छ ।

सभाले आव २०७७/०७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने ,लेखापरीक्षकको नियुक्ति र निजको तोक्ने आदि प्रस्ताव पारित गर्नेछ ।कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस १६ गते बुक क्लोज गर्ने जानकारी गराएको छ ।

यसकारण पुस १५ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन् ।  सोहि सभाले सत प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ।

कम्पनीले हकप्रद शेयर निष्कासन गर्नका लागि विक्री प्रबन्धकमा आरबिबि मर्चेण्टलाई नियुक्त गरिसकेको छ ।





सम्बन्धित समाचार