८ पुष २०७८, बिहीबार   253 पटक हेरिएको


image

पालिका एक्सप्रेस,पोखरा फाईनान्स लिमिटेडले आफ्नो २५ औँ वार्षिक साधारण सभाको आह्वान गरेको छ। कम्पनी सञ्चालक समितिको आज पुस ८ गते बसेको बैठकले वार्षिक साधारण सभा यही पुस ३० गते आयोजना गर्ने निर्णय गरेको हो।

कम्पनीले प्रस्तावित लाभांश र सभा प्रयोजनका लागि कम्पनीले यही पुस २१ गते देखि पुस ३० गते सम्म बुक क्लोज गर्ने निर्णय गरेको हो।

यसकारण पुस २० गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले मात्रै सो लाभांश प्राप्त गर्न र बार्षिक साधारण सभामा भाग लिन सक्नेछन्।

कम्पनीले चुक्ता पुंजीको बोनस शेयर ८.०७५ प्रतिशत र नगद लाभांश ०.४२५ प्रतिशत (कर प्रयोजनका लागि समेत) गरी कुल ८.५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ।सो प्रस्तावित लाभांश वार्षिक साधारण सभाले अनुमोदन गरे पछि मात्र वितरण गर्नेछ। 





सम्बन्धित समाचार