८ पुष २०७८, बिहीबार   111 पटक हेरिएको


image

पालिका एक्सप्रेस,मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको शेयर आइतबारबाट कारोबार हुने भएको छ। यो कम्पनीको आईपीओ आज पुस ८ गते नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएसँगै शेयर कारोबार आइतबारबाट हुने भएको छ।

नेप्सेमा यो कम्पनीको १०० अंकित दरका कुल ६ करोड कित्ता सेयर सूचीकृत भएको छ। जसमा सर्वसाधारणको ९० लाख कित्ता, आयोजना प्रभावित क्षेत्रका स्थानीयको ६० लाख कित्ता, कर्मचारी सञ्चकोषमा रकम जम्मा गर्ने सञ्चयकर्ता कर्मचारीको १ करोड १७ लाख कित्ता, ऋणदाता संस्थाका कर्मचारीको ६ लाख कित्ता, संस्थापक सेयरधनी संस्थाका कर्मचारीको २१ लाख कित्ता र संस्थापकहरुको ३ करोड ६ लाख कित्ता रहेको छ।कारोबारको लागि नेप्सेले मध्य भोटेकोसीलाई ‘MBJC’ संकेत प्रदान गरेको छ। 

साथै,पहिलो कारोबारका लागि यो कम्पनीलाई नेप्सेले न्यूनतम ९४.३९ रुपैयाँ देखि अधिकतममा २८३.१७ रुपैयाँ ओपनिङ रेन्ज तोकेको  छ।





सम्बन्धित समाचार