६ पुष २०७८, मंगलवार   188 पटक हेरिएको


image

पालिका एक्सप्रेस,एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको पुस २ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको बोनस सेयर ५ प्रतिशत र नगद लाभांश ०.२६ प्रतिशत (कर प्रयोजनका लागि) गरी कुल ५.२६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्विकृत भई र कम्पनीको आगामी बार्षिक साधारण सभा बाट पारित भए पछि वितरण गरिनेछ  ।

साथै , कम्पनीको ९ औं वार्षिक साधारण सभा पुस २९ गते हुने भएको छ । उक्त साधारण प्रयोजनका लागि कम्पनीले पुस १५ गते १ दिनका लागि बुक क्लोज गर्ने भएको छ ।  

त्यसकारण  पुस १४ गते सम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीहरूले मात्र बार्षिक साधारण सभामा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन् । 





सम्बन्धित समाचार