६ पुष २०७८, मंगलवार   114 पटक हेरिएको


image

पालिका एक्सप्रेस,सिभिल बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ  । बैंकको पुस  ५ गते बसेको सञ्चालक समितिको ३६७ औ बैठकले गत आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको बोनस सेयर ५ प्रतिशत र नगद लाभांश ०.२६ प्रतिशत (कर प्रयोजनका लागि) कुल ५.२६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्विकृत भई र बैंकको आगामी बार्षिक साधारण सभाबाट पारित भए पछि वितरण गरिनेछ  ।





सम्बन्धित समाचार