५ पुष २०७८, सोमबार   292 पटक हेरिएको


image

पालिका एक्सप्रेस,खप्तड लघुबित्त बित्तीय संस्था लिमिटेडले आईपिओ निष्कासन गर्ने भएको छ। कम्पनीले साधारण शेयर निष्काशनको प्रस्ताव सहित दोस्रो बार्षिक साधारण सभा पुस २४ गते अत्तरिया कैलालीमा  बिहान  ११ बजेबाट शुरु हुने भएको छ । कम्पनीको मंसिर २६ गते बसेको संचालक समितिको बैठकले साधारण सेयर  निष्कासन गर्ने प्रस्ताव सहीत बार्षिक साधारण सभाको आहवान गरेको हो ।

साथै,आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन ,लेखा परीक्षकको प्रतिवेदन ,वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सम्बन्धित प्रस्ताब उपर छलफल गरि पारित गर्ने छ।

संस्थाले अन्य लघुवित्त वित्तीय संस्थामा गाभ्ने/गाभिने वा प्राप्ति (Acquisition) प्राप्ति गर्ने सम्बन्धमा अन्तिम सम्झौता गर्ने लगायतका आवश्यक सम्पुर्ण कार्य गर्न सञ्चालक समितिलाई पुर्ण अख्तियारी प्रदान गर्ने, वित्तीय संस्थाको प्रबन्धपत्र र नियमावलीको संशोधनमा नियमनकारी निकायहरुबाट कुनै फेरबदल गर्न सुझाव वा निर्देशन प्राप्त भएमा सो बमोजिम आवश्यकता अनुसार संशोधन र सच्याउन बित्तीय संस्थाको सञ्चालक समितिलाई पुर्ण अख्तियारी प्रदान गर्ने  बिशेष प्रस्ताव पारित गर्ने छ ।





सम्बन्धित समाचार