४ पुष २०७८, आईतवार   124 पटक हेरिएको


image

रिलायन्स फाइनान्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ ।कम्पनीको पुस २ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको बोनस सेयर १५ प्रतिशत र नगद लाभांश ०.७९ प्रतिशत (कर प्रयोजनका लागि) गरी कुल १५.७९ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्विकृत भई र कम्पनीको आगामी बार्षिक साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ  ।





सम्बन्धित समाचार