
पालिका एक्सप्रेस, सगरमाथा जलबिधुत कम्पनी लिमिटेडले साधारण शेयर जारि गर्ने भएको छ । यसका लागि जलबिधुत कम्पनीले आगामी पुस १४ गते प्रथम बार्षिक साधारण सभामा विशेष एजेण्डामा राखेको छ ।
हाइड्रोपावर कम्पनीले पुस १४ गते आफ्नो कम्पनी केन्द्रिय कार्यालय अनामनगर, काठमाडौंमा बिहान ९ बजे बाट साधारण सभाको आहवान गरेको छ ।

कम्पनीको सोहि सभाले आईपीओ निष्कासनको मुख्य एजेण्डालाई अनुमोदन गर्नेछ । साथै, बैठकले गत आर्थिक वर्ष २०७७/०७८ को संचालक समितिको प्रतिबेदन , आर्थिक वर्ष २०७७/०७८ को आर्थिक प्रतिवेदन पारित गर्ने, आ.ब. २०७८/०७९ को लागि लेखा परीक्षक नियुक्त गर्ने , प्रस्तावित संसोधनमा नियमनकारी निकायबाट कुनै फेरबदल वा सुझाब वा निर्देशन प्राप्त भएमा सो लाई सम्बोधनका लागि आबस्यक संसोधन समायोजन गर्न सम्पूर्ण अख्तियारी संचालक समितिलाई प्रदान पनि सोहि सभाले गर्ने भएको छ ।