
पालिका एक्सप्रेस, विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले बार्षिक साधारण सभाको आहवान गरेको छ ।लघुवित्तले हाल कायम चुक्ता पूँजीको बोनस शेयर २०.०३ प्रतिशत र नगद लाभांश १.०६ प्रतिशत (कर प्रयोजनका लागि ) वितरण गर्ने घोषणा गरेको थियो।
सोही प्रस्तावित लाभांश पारित गर्न लघुवित्तले पुस २४ गते गैडाकोट नवलपरासीमा ९ औ वार्षिक साधारण सभा बोलाएको छ।सो सभाले अन्य वित्तीय संस्थालाई प्राप्त वा मर्जर गर्ने सम्बन्धी सम्पूर्ण कार्य गर्न प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने प्रस्तावहरु पारित गर्नेछ।
बार्षिक साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि लघुवित्तले पुस १२ गतेदेखि २४ गतेसम्म बुक क्लोज गर्ने भएको छ। यसकारण पुस ११ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन्।