PalikaExpress
१६ कार्तिक २०७७, आईतवार
112 पटक हेरिएको

अपि पावर कम्पनी लिमिटेडले एकैचोटी दुई वटा साधारणसभा बोलाएको छ । कम्पनीले १६ औ र १७ औं वार्षिक साधारणसभा मंसिर ८ गते सोमबार संस्थाको प्रधान कार्यालय, ट्रेड टावर, थापाथली, काठमाडौंमा बोलाएको हो ।
२०७६/१२/०७ शुक्रवार १६ औ सभा हुने भनिएता पनि कोभिड १९ को माहामारीले गर्दा स्थगित भएको साधारणसभा कार्तिक ७ गते बसेको संचालक समितिको बैठकले पुन साधारणसभा गर्न निर्णय गरेको हो ।
साधारणसभाले आर्थिक वर्ष २०७५/ ०७६ को खुद मुनाफाबाट चुक्तापुँजीको ५ प्रतिशत दरले बोनस शेयर र आर्थिक वर्ष २०७६/ ०७७ को खुद मुनाफाबाट चुक्ता पुँजीको ९ प्रतिशतका दरले बोनश शेयर पारित गर्नेछ ।
