३ पुष २०७८, शनिबार   109 पटक हेरिएको


image

पालिका एक्सप्रेस,नेपाल हाइड्रो डेभलपर लिमिटेडले लाभांश घोषणा गरेको छ। कम्पनी पुस १ गते  बसेको सञ्चालक समितिको ६९ औ बैठकले कम्पनीका शेयरधनीहरुलाई बोनस सेयर ७ प्रतिशत र नगद लाभांश ०.३६८४ प्रतिशत (कर प्रयोजनका लागि समेत) गरी कुल ७.३६८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

साथै ,यसै बैठकले कम्पनीको १५ औँ वार्षिक साधारण सभा यही पुस २८ गते दिउँसो ३ बजेबाट सुरु हुने जनाएको छ । कम्पनीले प्रस्तावित लाभांश र सभा प्रयोजनका लागि कम्पनीले पुस १३ गतेबाट पुस २८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ।

यसकारण, पुस १२ गते सम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्रै लाभांश प्राप्त गर्न  र बार्षिक साधारण सभामा भाग लिन सक्नेछन्।





सम्बन्धित समाचार