PalikaExpress
३ पुष २०७८, शनिबार
237 पटक हेरिएको

पालिका एक्सप्रेस, प्रोग्रेशिभ फाईनान्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ ।कम्पनीको पुस १ गते बसेको सञ्चालक समितिको ४७३ औ बैठकले गत आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको बोनस सेयर ७ प्रतिशत र नगद लाभांश ०.३६८४ (कर प्रयोजनका लागि ) प्रतिशत गरी कुल ७.३६८४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्विकृत भई र कम्पनीको आगामी बार्षिक साधारण सभाबाट पारित भए पछि वितरण गरिनेछ ।