PalikaExpress
३ पुष २०७८, शनिबार
340 पटक हेरिएको

पालिका एक्सप्रेस,सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ ।बैंकको पुस २ गते बसेको सञ्चालक समितिको ३५२ औ बैठकले गत आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको बोनस सेयर ५.७५ प्रतिशत र नगद लाभांश ०.३० प्रतिशत (कर प्रयोजनका लागि) गरी कुल ६.०५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्विकृत भई र बैंकको आगामी बार्षिक साधारण सभाबाट पारित भए पछि वितरण गरिनेछ ।