PalikaExpress
२ पुष २०७८, शुक्रबार
347 पटक हेरिएको

पालिका एक्सप्रेस, रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभाको आहवान गरेको छ। कम्पनीको ९ औ वार्षिक साधारण सभा पुस २६ गते काठमाडौँमा बिहान ११ बजेबाट भर्चुअल माध्यमबाट सञ्चालन हुने जनाएको छ।
सभाले कम्पनीको चुक्ता पूँजी र सञ्चित मुनाफाको जम्मा रकमभन्दा बढी हुनेगरी ऋण लिने निर्णय अनुमोदन हुन तथा थप ऋण लिन स्वीकृती प्रदान गर्ने, लेखापरीक्षक नियुक्त गर्ने, गत आर्थिक वर्षको आर्थिक विवरणहरु माथि छलफल गरी स्वीकृत गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।
कम्पनीको साधारण सभा प्रयोजनको लागि पुस १२ गते बुक क्लोज गर्ने भएको छ। यसकारण पुस ११ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।
