PalikaExpress
१ पुष २०७८, बिहीबार
281 पटक हेरिएको

पालिका एक्सप्रेस, समृद्धि फाईनान्स लिमिटेडले हकप्रद सेयर निष्कासनको अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले यहि मंसिर २९ गते यस फाइनान्स कम्पनीलाई हकप्रद निष्कासनको अनुमति प्रदान गरेको छ।

नियामक निकाय नेपाल धितोपत्र बोर्डले समृद्धि फाइनान्सलाई २:१ अनुपातमा हकप्रद निष्कासनको अनुमति दिएको छ। बोर्डबाट अनुमति पाएसँगै अब यस फाइनान्स कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल २७ लाख २९ हजार ७०५ कित्ता शेयरको २७ करोड २९ लाख ७० हजार ५०० रुपैयाँ बराबरको हकप्रद शेयर जारि गर्ने गर्नेछ।
फाईनान्स कम्पनीको हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा बीओके क्यापिटल लिमिटेड रहेको छ।