PalikaExpress
२९ मंसिर २०७८, बुधबार
482 पटक हेरिएको

पालिका एक्सप्रेस, बुटवल पावर कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिर २८ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको बोनस सेयर १० प्रतिशत र नगद लाभांश १० प्रतिशत (कर प्रयोजनका लागि) गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

उक्त प्रस्तावित कम्पनीको आगामी २९ औ बार्षिक साधारण सभाबाट पारित भए पछि वितरण गरिनेछ ।