२९ मंसिर २०७८, बुधबार   117 पटक हेरिएको


image

पालिका एक्सप्रेस, बुटवल पावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको मंसिर २८ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको २९औँ वार्षिक साधारण सभा पुस २६ गते काठमाण्डौंमा बिहान ११ बजेबाट हुनेछ ।

सभामा गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको बोनस सेयर १० प्रतिशत र नगद लाभांश १० प्रतिशत (कर प्रयोजनका लागि) गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

यस पावर कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि पुस ११ गते देखि पुस २६ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ ।

त्यसकारण  पुस ८ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र बार्षिक साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्ने छन् ।





सम्बन्धित समाचार