२८ मंसिर २०७८, मंगलवार   322 पटक हेरिएको


image


जस्लाई मैले खाएको, नाचेको अनि म हासेको मन पर्दैन
कसैलाई म हिडेको छायासम्म नि मन पर्दैन
अनि मैले गरेको काम पनि मन पर्दैन
मैले सिधा हेरेको झनै मनै पर्दैन
तर, म उनैको ओरिपरी घुम्न चाहन्छु।
हो म उनैको लागि गललल हास्न चाहन्छु
अनि उनैको लागि बाच्न चाहन्छु
अनि उनैको लागि हिंड्न चाहन्छु
अनि उनैको लागि चेहरा देखाउन चाहन्छु
तर उनलाई यो कत्ती पनि मनै पर्दैन।।
मैले सजायको सपनाहरु पनि रुचाउदैन उ
म रोएकै हेर्न चाहन्छ, म तेसै मरोस भन्छ
तर कालले साचिरहन्छ,त नडग्मगाउनु भन्छ
बाहिर अरुको अगाडी मुखले ठिक्क पार्छ र भन्छ
तर उस्को मन एति जलेको छ कि धपक्क गलेको छ।।।
म मेरा मुटुहरुलाई जोगाएर हिडाउन चाहन्छु
त्यो पनि उनलाई मन नपर्न सक्छ
मेरा शिर उज्याला भएको मन नपर्न सक्छ
तर म सुर्यमुखि झैँ धपक्क बल्न चाहन्छु
अनि फुल झैँ फक्रन चाहन्छु।।।।
त्यसैले म उनैको ओरिपरी नाच्न चाहन्छु।।
चाहन्छ होला उ मेरो खुट्टाहरु कामोस
मेरो पछि सज्जन कोहि नलागोस
जिन्दगीका बुट्टाहरु नभरोस
मेरा ढुकढुकी नचलोस भनेर
तर के था दुस्मनलाई दुस्मनले मार्छ भनेर
मलाई अर्ति दिनेको कमि छैन भनेर





सम्बन्धित समाचार