PalikaExpress
२८ मंसिर २०७८, मंगलवार
265 पटक हेरिएको

पालिका एक्सप्रेस, नेपाल एसबिआई बैंक लिमिटेडले बार्षिक साधारण सभाको आहवान गरेको छ। बैंकले पुस २० गते काठमाडौँमा २८ औ वार्षिक साधारण सभा बोलाएको छ।
सो सभा बिहान ११ बजे शुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको बोनस शेयर ३.५० र नगद लाभांश १.८१ प्रतिशत (कर प्रयोजनका लागि समेत) गरी कुल ५.३१ वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

यसका साथै सभाले अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशन सम्बन्धी कार्य गर्न तथा प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लगायतका प्रस्तावहरु पारित गर्नेछ।
बैंकले पुस ७ गते देखि २० गते सम्म बुकक्लोज गर्ने भएको छ। यसकारण पुस ६ गते सम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको बार्षिक साधारण सभा र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।