PalikaExpress
२७ मंसिर २०७८, सोमबार
203 पटक हेरिएको

पालिका एक्सप्रेस, तेह्रथुम पावर कम्पनी लिमिटेडको चौथो वार्षिक साधारण सभाको आहवान गरेको छ । यस पावर कम्पनीको मंसिर २६ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।
कम्पनीले सभा पुस २८ गते बिहान ९ बजे काठमाडौंमा हुने जानकारी दिएको छ । सभाले आ.व २०७७/०७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/०७९ को लागि लेखापरिक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।
सोहि सभाले सञ्चालक समितिको निर्वाचन गर्ने प्रस्ताव पनि पारित गर्नेछ । पावर कम्पनीले बुक क्लोज पुस ५ गते देखि २८ गतेसम्म बन्द गर्ने जानकारी गराएको छ ।
यसकारण पुस ४ गते सम्म नेप्से कारोबार भई कायम शेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन् ।