PalikaExpress
२७ मंसिर २०७८, सोमबार
328 पटक हेरिएको

पालिका एक्सप्रेस, न्यादी हाइड्रोपावरले १४ औ वार्षिक साधारणसभा आह्वान गरेको छ। कम्पनीको यहि मंसिर २२ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको १४ औ वार्षिक साधारण सभा पुस २८ गते काठमाण्डौंमा विहान ११ बजेबाट हुने जनाएको छ।
साधारणसभामा कम्पनीले लाभांश वितरण गर्ने प्रस्ताव भने राखेको छैन। सभामा वार्षिक प्रतिवेदन पारित गर्ने तथा लेखापरिक्षक नियुक्त गर्ने र नियमावलि संशोधन गर्ने प्रस्ताव राखेको छ।