२६ मंसिर २०७८, आईतवार   122 पटक हेरिएको


image

पालिका एक्सप्रेस, नागरिक स्टक डिलर कम्पनीले सर्ब-साधारणको लागि साधारण शेयर ( IPO) जारि गर्ने भएको छ।

कम्पनीले शेयर निष्काशनको प्रस्ताव सहित साधारण सभा आह्वान गरेको छ । मंसिर २४ गते शुक्रबार बसेको सञ्चालक समिती ६३ औ बैठकले कम्पनीको दोस्रो साधारण सभा काठमाडौंमा अपरान्ह ३:३० बजेबाट शुरु हुने जनाएको छ ।

सभाले आ.व. २०७७/०७८ को संचालक समितिको प्रतिवेदन उपर छलफल लेखापरीक्षकको प्रतिवेदन, वासलात ,नाफा नोक्सान हिसाब ,नगद प्रबाह विवरण लगायत अन्य वित्तीय विवरण उपर छलफल गरि पारित गर्ने छ।

सोहि सभाले लेखापरिक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण सोहि सभामा छलफल गरि पारित गर्ने छ । कम्पनीको सञ्चालक समितिमा संस्थापक समूहबाट संचालकहरुको मनोनयन र निर्वाचन गर्ने र  संचालकहरुको पारिश्रमिक, भत्ता एवं सुबिधा अनुमोदन तथा निर्धारण गर्ने सम्बन्धमा छलफल गरी पारित गर्ने छ ।

सोहि सभाले विशेष प्रस्तावका रुपमा नियमनकारी निकायको स्वीकृती पश्चात जारी गर्ने गरी कम्पनीको जारी पूँजीको ३० प्रतिशतले हुने १ अर्ब ५० करोड रुपैयाँ बराबरको १ करोड ५० लाख कित्ता शेयर सर्व साधारणमा (सर्वसाधारण समुहभित्र नै बर्गिकरण हुने गरी कर्मचारीलाई छुट्याइएको २ प्रतिशत सेयर सहित) प्राथमिक सेयर निष्कासन गर्ने प्रस्ताव पारित गर्ने छ ।

साथै सर्ब साधारणलाई निष्कासन गर्ने क्रममा आईपर्ने सम्पूर्ण कार्यहरु गर्नको लागि संचालक समितिलाई वा संचालक समितिले तोकेको पदाधिकारीलाई अख्तियारी प्रत्यायोजन गर्ने छ ।





सम्बन्धित समाचार