१६ कार्तिक २०७७, आईतवार   743 पटक हेरिएको


image

काठमाडौँ – समय समयमा ब्यक्तिहरुलाई बिभिन्न प्रलोभन देखाई पैसा असुलने गरेको समाचार सुन्दै आएकोमा अब यस्ता समूहले बैंकका ग्राहकलाई निशाना बनाईरहेको जानकारी प्राप्त भएको छ । यस्तैमा एभरेष्ट बैंक लिमिटेडले आफ्ना ग्राहकहरूका बिना कुनै प्रमाण बिना चिट्ठा परेको छ भनी कुनै प्रमाणबिना यस्ता ब्यक्ति संग कारोबार नगर्न नगराउन लागि अत्यन्त जरूरी सूचना प्रकाशित गरी सचेत हुन आग्रह समेत गरेको सूचना प्राप्त भएको छ ।

बैंकले विगत केही दिनदेखि नेपाल, भारत र पाकिस्तान समेतको विभिन्न मोबाइल नम्बरहरूबाट विभिन्न व्यक्तिहरूलाई “तपाईंको नाममा चिठ्ठा परेको छ भन्दै फोन गरी ठगि गरिरहेको बताउँदै भ्रामक सूचनामा विश्वास नगर्न सम्पूर्ण ग्राहकवर्ग र सम्बन्धित सबै सरोकारवालाहरुलाई आग्रह गरेको छ ।

केही समय पहिला भारतीय टीभी कार्यक्रम कौन बनेगा करोड़पति बाट तपाईलाई चिट्ठा परेको छ भनी ठगी गर्दै आएको मा हाल आएर यो समूहले चिठ्ठा सम्बंधित धन्दा सुरु गरेको हुन सक्ने अनुमान लगाऊन सकिन्छ , तपाईलाई चिठ्ठा परेको छ सो चिठ्ठाको रकम प्राप्त गर्नको लागि तपाईंले बुझाउनु पर्ने कर बराबरको रकम तत्काल एभरेष्ट बैंक लिमिटेडमा रहेको खातामा जम्मा गर्नुहोला” भनी सर्वसाधारणलाई लोभ प्रलोभन देखाउँदै रकम जम्मा गर्न लगाईरहेको जानकारी प्राप्त भएको बताउँदै बैंकले यस्ता भ्रामक सूचनामा विश्वास नगर्न आग्रह गरेको हो ।





सम्बन्धित समाचार