२५ मंसिर २०७८, शनिबार   107 पटक हेरिएको


image

पालिका एक्सप्रेस,सूर्या लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बार्षिक साधारण सभाको आहवान गरेको छ। कम्पनीको मङ्सिर २३ गते बसेको सञ्चालक समितिको ३०५ औ बैठकले गरेको निर्णय अनुसार  १३ औ बार्षिक साधारण सभा पुस १९ गते हुने जनाएको छ ।

सो सभाले हाल कायम चुक्ता पूँजीको बोनस शेयर १२.७० प्रतिशत र नगद लाभांश ०.६६८४ प्रतिशत (कर प्रयोजनको लागि) गरि कुल १३.३६८ प्रतिशत वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

साथै सोहि सभाले विद्यमान संस्थापक र सर्वसाधारण शेयर स्वामित्वको ६०:४० को संरचनालाई परिवर्तन गरी ५१:४९ प्रतिशत कायम गर्ने , संस्थापक शेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ४ जना र सर्वसाधारण समूहको तर्फबाट २ जना सञ्चालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्ती तथा निजको पारिश्रमिक तोक्ने , कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतका प्रस्तावहरु माथि छलफल गरि पारित गर्नेछ।

साधारण सभा इन्स्योरेन्स कम्पनीले पुस ९ गतेदेखि १६ गते सम्म बुकक्लोज गर्ने भएको छ। जस अनुसार पुस ८ गते सम्म नेप्सेमा कारोबार भइ कायम शेयधरनीहरुले मात्र कम्पनीको बार्षिक साधारण सभामा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।





सम्बन्धित समाचार