२५ मंसिर २०७८, शनिबार   329 पटक हेरिएको


image

पालिका एक्सप्रेस, चिलिमे जलबिधुत कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ। कम्पनीको यहि मङ्सिर २४ गते सम्पन्न सञ्चालक समितिको ३९२ औ बैठकले हालको चुक्तापुँजीको बोनस सेयर ७.५ प्रतिशत र नगद लाभांश ७.५ प्रतिशत (कर प्रयोजनका लागि समेत) गरी कुल १५ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ ।

जलबिधुत कम्पनीले पुस २३ गते २५ औं वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनका पुस १५ गते देखि पुस २३ गते सम्म बुक क्लोज गर्ने भएको छ ।

त्यसकारण पुस १४ गते सम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरु मात्र सो बार्षिक साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्ने छन् ।





सम्बन्धित समाचार