२४ मंसिर २०७८, शुक्रबार   125 पटक हेरिएको


image

पालिका एक्सप्रेस, मञ्जुश्री फाइनान्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ  ।कम्पनीको आज मंसिर २४ गते बिहान बसेको सञ्चालक समितिको २१३ औ बैठकले गत आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको बोनस शेयर ४० प्रतिशत र नगद लाभांश ६ प्रतिशत (कर प्रयोजनका लागि) गरी कुल ४६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्विकृत भई र कम्पनीको आगामी बार्षिक साधारण सभाबाट पारित भए पछि वितरण गरिनेछ  ।





सम्बन्धित समाचार