२४ मंसिर २०७८, शुक्रबार   222 पटक हेरिएको


image

पालिका एक्सप्रेस, एभरेष्ट बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट यहि मङ्सिर २० गते अनुमति पाए संगै अबको केहि दिनमा   ऋणपत्र निष्काशन गर्ने भएको  छ।

बैंकले ‘८ बर्ष, ८.५ %,एभरेष्ट बैंक डिबेंचर’ नामक  ऋणपत्र निष्काशन गर्ने भएको हो।बैंकले प्रतिकित्ता एक हजार रुपैयाँको दरमा  २० लाख कित्ताको २ अर्ब रुपैयाँ बराबरको  ऋणपत्र निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति यहि मङ्सिर २० गते अनुमति प्राप्त गरेको छ ।

सो ऋणपत्रहरु मध्ये बैंकले ८ लाख कित्ता सर्वसाधारणका लागि र १२ लाख कित्ता व्यक्तिगत तवरबाट  अन्य संघसंस्थालाई बिक्री गर्ने लागेको छ। 

यस बैंकको उक्त ऋणपत्रमा बिक्री प्रबन्धक तथा निष्कासनको काम एनआईबिएल एस क्यापिटल लिमिटेडले गर्नेछ । बैंकले ८ वर्ष अवधिको ८.५% व्याजदर भएको ऋणपत्र निष्कासन गर्न लागेको हो ।





सम्बन्धित समाचार