२४ मंसिर २०७८, शुक्रबार   161 पटक हेरिएको


image

पालिका एक्सप्रेस,सुर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । संस्थाको मङ्सिर २२ गते बसेको सञ्चालक समितिको १७१ औ  बैठकले गरेको निर्णय अनुसार संस्थाको नवौं वार्षिक साधारण सभा पुस १६ गते स्याङ्जामा बिहान ११ बजे शुरु हुने जनाएको छ ।

सभाले हाल कायम चुक्तापूँजीको बोनस शेयर २० प्रतिशत लाभांश वितरण गर्ने, सूर्योदय लघुवित्त र वोमी लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिने, मर्जरपश्चात कम्पनीको नाम सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था कायम गर्ने, मर्जर समितिबाट निर्धारण गरेको १:१ अनुपातमा शेयर आदान प्रदान अनुपात समेत सोहि सभाले पारित गर्नेछ ।

कम्पनीको प्रवन्धपत्र तथा नियमावलीमा परिवर्तन हुने भएकाले परिवर्तित प्रवन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने, लेखापरीक्षक नियुक्त तथा निजको पारीश्रमिक निर्धारण आदि प्रस्ताब उपर छलफल गरी पारित गर्नेछ ।साधारण सभा प्रयोजनको लागि लघुवित संस्थाले  पुस १ गतेदेखि १६ गतेसम्म बुक क्लोज गर्ने भएको छ ।





सम्बन्धित समाचार