PalikaExpress
२३ मंसिर २०७८, बिहीबार
263 पटक हेरिएको

पालिका एक्सप्रेस, मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ ।बैंकको मङ्सिर २२ गते बसेको सञ्चालक समितिको २१२ औ बैठकले गत आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको बोनस सेयर १३.३० प्रतिशत र नगद लाभांश ०.७० प्रतिशत (कर प्रयोजनका लागि) गरी कुल १४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्विकृत भई र बैंकको आगामी बार्षिक साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ ।