२३ मंसिर २०७८, बिहीबार   110 पटक हेरिएको


image

पालिका एक्सप्रेस, प्रभु बैंक लिमिटेडको लाभांश नेपाल राष्ट्र बैंकले  स्वीकृत गरेको छ  ।बैंकको कार्तिक २३ गते मंगलबार बसेको सञ्चालक समितिको  २२८ औ बैठकले गत आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको बोनस सेयर १२ प्रतिशत र नगद लाभांश ०.६३ प्रतिशत (कर प्रयोजनका लागि) गरी कुल १२.६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

सो प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले मङ्सिर २१ गते स्वीकृत गरेको छ ।अब उक्त प्रस्तावित लाभांश बैंकको आगामी बार्षिक साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ  ।





सम्बन्धित समाचार