PalikaExpress
२३ मंसिर २०७८, बिहीबार
390 पटक हेरिएको

पालिका एक्सप्रेस, फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । यस माइक्रोफाइनान्स लघुवित्त संस्थाको मङ्सिर २१ गते बसेको सञ्चालक समितिको ११२ औ बैठकले गत आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको बोनस सेयर ३५ प्रतिशत र नगद लाभांश ७ प्रतिशत (कर प्रयोजनका लागि) गरी कुल ४२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्विकृत भई र संस्थाको आगामी बार्षिक साधारण सभाबाट पारित भए पछि वितरण गरिनेछ ।