२२ मंसिर २०७८, बुधबार   255 पटक हेरिएको


image

पालिका एक्सप्रेस, सुपरमाई हाइड्रोपावर लिमिटेडले स्थानिय र सर्वसाधारणको लागि साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ।

हाइड्रोपावर कम्पनीले शेयर जारि गर्न  अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निबेदन पेश गरेको छ ।कम्पनीले आईपीओ निष्काशनको लागि कम्पनीले मंसिर २० गते बोर्डमा आवेदन दिएको हो । हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानिय र सर्वसाधारणको लागि रुपैया १०० अंकित दरमा १० लाख कित्ता शेयरको १० करोड रुपैयाँ बराबरको शेयर निष्काशनको लागि आवेदन दिएको छ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटलले गर्नेछ ।





सम्बन्धित समाचार