१६ कार्तिक २०७७, आईतवार   155 पटक हेरिएको


image

मेष 

नयाँ नयाँ कामको बन्ने छन  भने साथ दिनेहरू बढ्नेछन्। प्रतिष्ठित काम गर्दै नाम, दाम र इनाम कमाउने बेला छ। रचनात्मक काम प्रारम्भ गर्ने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ।

वृष 

 आज तपाईंको दिन आनन्दले बित्नेछ । धेरै  खर्च गर्ने बानी  हटाउने  प्रयास नगर्नुहोस्। बिरामी भएको आफ्नो आफन्त हेर्न जानुहोस्। यात्राले मायाप्रिती फैलाउनेछ। तपाईं लामो समयबाट श्रापित महसुस गर्नु हुँदै थियो भने, आज तपाईं आशिष पाएको महसुस गर्नु हुनेछ।

 मिथुन 

एकदम रमाइलोको समय रहेको देखिन्छ । आर्थिक कठिनाईबाट छुटकारा पाइने खालको समय रहेको देखिन्छ । व्यापारबाट पनि राम्रै फाइदा हुने खालको समयरहेको देखिन्छ।

 कर्कट 

प्रयत्न गर्दा भाग्यले साथ दिनेछ। परिवारको सहयोगमा महत्वपूर्ण काममा सफलता मिल्नेछ। श्रमको उचित मूल्य पाइनुका साथै आम्दानी पनि बढ्नेछ।

 सिंह 

वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । रमणीय र सुखद् यात्राको योग छ । बहुमुल्य वस्तु हात पर्नेछ ।

 कन्या 

बोल्नु अघि दुई पटक सोच्नुहोस्। अनजानमै तपाईंको दृष्टिकोणले कसैका भावनाहरूमा चोट लाग्न सक्छ। दीर्घ अवधिको आधारमा तपाईंले लगानी गर्नुभयो भने पर्याप्त लाभ हुनेछ। तपाईंले आफ्नो दैनिक तालिकाबाट समय निकालेर आज आफ्ना साथीहरूसँग बाहिर जानुपर्छ।

 तुला 

केही खर्च लागे पनि घुमफिर तथा मनोरञ्जनको समय छ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउनेछ। अतिथिका रूपमा सत्कार पाइनेछ। परिस्थिति अनुकूल रहे पनि भौतिक सुविधाले खर्च निम्त्याउन सक्छ। विशेष निम्तो प्राप्त हुनाले आतिथ्य खर्चिलो बन्न सक्छ। व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुनेछ। तर, मनोरञ्जनमा अलमलिँदा लक्ष्यमा बाधा पुग्नेछ।

 वृश्चिक 

    तपाईको लागि फलदायी समय आएको छ । नयाँ कामको लागि सुनौलो अवसर आएको छ । सरकारी कामको मध्यमबाट धेरै प्रगति हुनेछ । तपाईको आजको दिन मनोरञ्जनमा बित्नेछ ।

 धनु 

काममा सुधार आउनुका साथै आस मारेको काम बन्नाले उत्साहित भइनेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। समुदायको हितमा गरिएका कामको तारिफ हुनेछ।

 मकर 

लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । शुभकार्यको चर्चा चल्नेछ । सांगीतिक क्षेत्रमा रुची बढ्नेछ । सामाजिक कार्यमा मन जानेछ ।

 कुम्भ 

तपाईंको व्यक्तिगत समस्याले मानसिक  दबाब बढ़न सक्छ । आफ्नो बोलीमा नियन्त्रण राख्नुहोस् । तपाईंलाई आज आनन्दित वैवाहिक जीवनको महसुस कसरी गरिन्छ भन्ने महसुस हुनेछ।

 मीन 

विशिष्ट व्यक्तित्वको सहयोग जुट्नाले विशेष अवसर पाइने समय छ। दिगो फाइदा हुने काम शुभारम्भ गर्ने अवसर जुट्नेछ।विदेस यात्राको लागि अनकुल समय रहेको छ ।7शरीरमा बाधा नपुग्ला भन्न सकिन्न । विभिन्न समस्याको समाधान आफैले गर्न सकिने छ ।

तपाईको आजको दिन शुभ रहोस !!!

    





सम्बन्धित समाचार