२१ मंसिर २०७८, मंगलवार   177 पटक हेरिएको


image

पालिका एक्सप्रेस ,नेपाल स्टक एक्सचेञ्जमा नेपाल बैंक लिमिटेड को शेयरमूल्य समायोजन भएको छ।बैंकको बार्षिक साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुक क्लोज गरे सँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो।

नेप्सेले बैंकको अघिल्लो कारोबार दिन सोमबारको अन्तिम मूल्य ४३१.७० रुपैयाँका आधारमा बैंकको शेयरमूल्य समायोजन गरेको हो। समायोजन पछि बैंकको शेयरमूल्य ३७८.६८ रुपैयाँ कायम भएको छ।

बैंकले हाल कायम चुक्ता पूँजीको बोनस शेयर १४ प्रतिशत र नगद लाभांश ३ प्रतिशत (कर प्रयोजनको लागि ) गरी कुल १७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो।

सोही लाभांश प्रस्ताव पारित गर्न बैंकले पुस २ गते काठमाडौँमा ६२ औँ वार्षिक साधारण सभाको आहवान गरेको छ। ।





सम्बन्धित समाचार