२१ मंसिर २०७८, मंगलवार   124 पटक हेरिएको


image

पालिका एक्सप्रेस,साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश नेपाल राष्ट्र बैंकबाट  स्वीकृत भएको छ  ।

संस्थाको मंसिर ८ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको बोनस सेयर २५ प्रतिशत र नगद लाभांश १.३१५७ प्रतिशत (कर प्रयोजनका लागि) गरी कुल २६.३१५७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो ।

सोहि प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेको छ ।उक्त प्रस्तावित लाभांश संस्थाको आगामी बार्षिक साधारण सभाबाट पारित भए पछि वितरण गरिनेछ  ।





सम्बन्धित समाचार