२१ मंसिर २०७८, मंगलवार   180 पटक हेरिएको


image

पालिका एक्सप्रेस , सानिमा मिडिल तमोर हाइड्रो पावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा  आह्वान गरेको छ ।

कम्पनीको मंसिर १५ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको छैठौ वार्षिक साधारण सभा पुस १४ गते काठमाण्डौंमा  भर्चुअल माध्यमबाट बिहान ११ बजेबाट सुरू हुने जनाएको छ ।  

सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन , वासलात, नाफा-नोक्सान हिसाव, नगद प्रवाह विवरण तथा अन्य वित्तीय विवरण माथि छलफल गरी पारित गर्ने छ ।

सोहि सभामा लेखापरीक्षण समितिले सिफारीस गरे बमोजिन आर्थिक वर्ष २०७८/०७९ को लागि लेखापरीक्षकको नियुक्ती गर्नुका साथै  तथा पारिश्रमिक निर्धारण गर्ने, एक जना स्वतन्त्र सञ्चालकको नियुक्ति गर्ने आदि प्रस्तावहरू पनि पारित गरिनेछ।

कम्पनीको साधारण शेयर (IPO) निष्कासन गर्ने तथा यस कार्यका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि सोहि सभाले पारित गर्ने भएको छ  ।





सम्बन्धित समाचार