२० मंसिर २०७८, सोमबार   165 पटक हेरिएको


image

पालिका एक्सप्रेस, महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७७/०७८ का लागि प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेको छ।

महुली लघुवित्तले गत आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको बोनस सेयर २६ प्रतिशत (५ करोड ८२ लाख २५ हजार ४४० रुपैयाँ) बराबरको लाभांश वितरण गर्ने घोषणा गरेको थियो ।

सोहि प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्विकृत गरेको छ । नेपाल राष्ट्र बैंकको स्वीकृति सँगै लघुवित्तले आगामी वार्षिक साधारण सभाबाट प्रस्तावित लाभांश स्वीकृत गरी शेयरधनीहरुलाई वितरण गर्ने भएको छ। 





सम्बन्धित समाचार