२० मंसिर २०७८, सोमबार   108 पटक हेरिएको


image

पालिका एक्सप्रेस, जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ  । संस्थाको मंसिर १९ गते, आइतबार बसेको सञ्चालक समितिको १७७ औ  बैठकले गत आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको बोनस शेयर २५ प्रतिशत र नगद लाभांश १.३१५७ प्रतिशत (कर प्रयोजनका लागि) गरी कुल २६.३१५७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्विकृत भई र संस्थाको आगामी बार्षिक साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ  ।





सम्बन्धित समाचार