२० मंसिर २०७८, सोमबार   360 पटक हेरिएको


image

पालिका एक्सप्रेस, गरिमा विकास बैंक लिमिटेडले मंसिर १६ गते बाट जारि ऋणपत्रको लागि आबेदन पुस १ गते सम्म आबेदन दिन सकिने भएको छ ।

यस बैंकले ७ वर्ष अवधिको “८.७५% गरिमा डिबेञ्चर, २०८५” को नाममा प्रतिकित्ता १००० रूपैयाँ अंकित दरमा १० लाख कित्ता ऋणपत्रको १ अर्ब रूपैयाँ बराबरको निष्कासन गरेको हो ।

बैंकको निष्कासन गरिने कुल १० लाख कित्ता ऋणपत्र मध्ये सर्वसाधारणका लागि ४ लाख कित्ता र  ६ लाख व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई कित्ता बिक्री गर्ने भएको छ ।

ईच्छुक लगानीकर्ताले न्यूनतम २५ कित्ता र अधिकतम १ लाख कित्ता सम्म आबेदन दिन सक्ने छन ।यस बैंकको ऋणपत्रमा आबेदन दिने अन्तिम दिन छिटोमा मङ्सिर २० गते र ढिलोमा पुष १ गते रहेको छ।

साथै , ऋणपत्र निष्काशन प्रयोजनको लागि तयार गरिएको विवरण पत्रको दफा ग २२ (ण) मा ब्यबस्था अनुसार ढिलोमा मिति २०७८.०९.०१ गतेसम्म खुल्ला रहने ब्यबस्था रहेको र उक्त निष्काशन तथा बिक्रि खुल्ला अबधि भित्र     माग भन्दा बढी आबेदन प्राप्त भएमा कुनै पनि दिन सूचना प्रकाशित गरी बन्द गरिने जानकारी दिएको छ।

यस बिकास बैंकको ऋणपत्रमा सर्व-साधारणले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण सि-आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालय मेरो शेयर एप र पोर्टलबाट पनि आवेदन दिन सक्नेछन्।





सम्बन्धित समाचार