१९ मंसिर २०७८, आईतवार   134 पटक हेरिएको


image

पालिका एक्सप्रेस, रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको वार्षिक साधारण सभा पुस ११ गते काठमाडौंमा बिहान ११ बजेदेखि सुरू हुने जनाएको छ ।

सभामा कम्पनीको गत असोज १८ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७६/०७७ को सञ्चित मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको नगद लाभांश ५.२६३२ प्रतिशत (कर प्रयोजन सहित) वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

त्यसकारण इन्स्योरेन्स कम्पनीले बार्षिक साधारण सभा तथा प्रस्तावित लाभांश वितरण प्रयोजनको लागि मंसिर २६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।

मंसिर २३ गतेसम्म नेप्सेमा कारोबार  भई कायम भएका शेयरधनीले मात्र सो सभामा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन् ।





सम्बन्धित समाचार