
पालिका एक्सप्रेस, लुम्बिनी विकास बैंक लिमिटेडले बार्षिक साधारण सभाको आहवान गरेको छ। गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्न घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ।
बैंकले हाल कायम चुक्ता पूँजीको बोनस शेयर १३ प्रतिशत र नगद लाभांश ०.६८ प्रतिशत (कर प्रयोजनका लागि )गरी कुल १३.६८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो।
सोही प्रस्ताव पारित गर्न बैंकले पुस ९ गते काठमाडौँमा भर्चुअल माध्यमबाट १४ औ वार्षिक साधारण सभा बोलाएको हो। सो सभाले अन्य कुनै बैंक तथा वित्तीय संस्थामा गाभ्ने/गाभिने वा प्राप्ती गर्ने सम्बन्धी सम्पूर्ण कार्य गर्न, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।
त्यसकारण बैंकले बार्षिक साधारण सभा तथा प्रस्तावित लाभांश वितरणको लागि बैंकले मङ्सिर २७ गते १ दिन बुकक्लोज गर्ने भएको छ।
त्यसैले मंसिर २६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले मात्र सो सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन ।