PalikaExpress
१८ मंसिर २०७८, शनिबार
304 पटक हेरिएको

पालिका एक्सप्रेस,नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको ३५ औँ बार्षिक साधारण सभा मङ्सिर १७ गते शुक्रबार काठमाडौँमा सम्पन्न भएको छ ।
बैंकका सञ्चालक समितिको अध्यक्षको अध्यक्षतामा भर्चुअल माध्यमबाट साधारण सभा सम्पन्न भएको छ। सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम गत आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई बोनस शेयर १२.६११ प्रतिशत र नगद लाभांश ३.३८९ प्रतिशत (कर प्रयोजनका लागि) गरी कुल १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गरेको छ ।