१७ मंसिर २०७८, शुक्रबार   240 पटक हेरिएको


image

पालिका एक्सप्रेस, आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ ।बैंकको मङ्सिर १५ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको बोनस सेयर २० प्रतिशत र नगद लाभांश ५ प्रतिशत (कर प्रयोजनका लागि) गरी कुल २५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्विकृत भई र संस्थाको आगामी बार्षिक साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ ।





सम्बन्धित समाचार