१७ मंसिर २०७८, शुक्रबार   157 पटक हेरिएको


image

पालिका एक्सप्रेस,  नारायणी डेभलपमेन्ट बैंकले सत प्रतिशत हकप्रद शेयर आउदो पुस ७ गते बाट निष्कासन गर्ने भएको छ । 

नियामक निकाय नेपाल धितोपत्र बोर्डले मंसीर ०३ गते नारायणी डेभलपमेन्ट बैंकलाई सत प्रतिशत हकप्रद निष्कासन गर्ने अनुमति दिएको थियो ।

यो अनुमति प्राप्त गरे पछी बैंकले हकप्रद शेयर जारि गर्न लागेको हो  ।यस बैंकको हकप्रद शेयर खुल्ला मिति २०७८.०९.०७ गते रहेको छ भने निष्काशन बन्द मिति २०७८.०९.२७  गते रहेको छ  ।

बोर्डको अनुमति सँगै अब यो बैंकले १:१ अनुपातमा हकप्रद निष्कासन गर्ने भएको छ। बैंकले १०० रुपैयाँ अंकित दरका कुल १३,१२,३३८ कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ। 

यस बैंकको हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ। 





सम्बन्धित समाचार